Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठकमा खतिवडाको प्रश्न - प्रतिपक्षले संसद कसरी हल्लाउँछन् देख्नु भएको छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी आरोप प्रत्यारोपका कारण कमजोर बनेको बताएका छन् ।

बुधबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै खतिवडाले यस्तो बताएका हुन् । उनले कांग्रेसको संसदमा प्रस्तुति फितलो भएको भन्दै केन्द्रीय समिति बैठकमा चिन्ता व्यक्त गरे ।

खतिवडाले नेतृत्वमा रहेका मुख्य व्यक्तिहरु संसद कम जाने गरेको गुनासो गरे ।

खतिवडाले भने,‘सभापति यदाकदा जाने गर्नुहुन्छ । उपसभापति दुई जना नै मन्त्री हुनुहुन्छ । महामन्त्री छिन छिनमा देखिनुहुन्छ, जानुहुन्छ ।प्रतिपक्षले संसद कसरी हल्लाउँछन् देख्नुभाछ ? आफैभित्र चर्का कुरा गर्छौँ । गुटलाई प्रश्रय दिन्छौं । एकले अर्कोलाई आलोचना गरेर आफू महान बन्न खोज्छौं ।’

प्रत्येक दिन छलफल गरेर संसदमा जाने पार्टीको पद्धति हुने हो भने संसदमा दह्रो रुपमा प्रस्तुत हुन सकिने उनले बताए । संस्थापनइतका नेता डा.शेखर कोइरालाले पार्टीभित्र सुझबुझपूर्ण राजनीति गरेको भन्दै खतिवडाले उनको प्रशंसा गरे ।

शेखरले गुट भेला नगरेर पार्टीलाई एकताबद्ध बनाउन खोजेको भन्दै सभापति देउवानिकट खतिवडाले कोइरालालाई धन्यवाद दिएका हुन्। कहिलेकाहीँ गुटका कारण क्षमता र योग्यता पछि पर्ने गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077