Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा हुँदैन, यथार्थ कुरा बुझ्छन् : प्रवक्ता महत

काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस केन्द्रीय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने स्पष्ट पारेका छन् ।

बुधवार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाएको बताए । उनले विगतमा भित्र एउटा र बाहिर अर्को हुने कुरालाई लाइभका कारण रोकिने विश्वास लिएको बताए ।

लाइभ आइसकेपछि नेताहरुले पनि जिम्मेवारीपूर्वक आफ्ना धारणा राखिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077