Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

हङकङबाट ल्याइएको झण्डै एक क्वीन्टल सुन भन्सार पास भइसकेपछि बरामद

काठमाडौं । राजश्व अनुसन्धान विभागले बरामद गरेको झण्डै सय किलो सुन हङकङबाट भित्रिएको खुलेको छ।

विभागले बुधबार विशेष सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर सिनामंगल पुर्याइएको झण्डै सय किलो सुन बरामद गरेको हो। ।

आज बरामद गरिएको सुनको परिणाम अहिलेसम्मकै ठूलो हो । राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानाका अनुसार  मंगलबारको क्याथे फ्यासिफिक जहाजबाट उक्त सुन काठमाडौं ल्याइएको थियो ।

भन्सारका कर्मचारीसँगको मिलेमतोमा मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार जाँच पास गरिएको अनुसन्धानका क्रममा खुलेको छ।

स्रोतका अनुसार हङकङबाट ल्याइएको सुन भारततर्फ तस्करी गर्ने तयारी रहेको थियो

सुनसँगै भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालक पक्राउ परेका पनि सुन तस्करीको नाइकेको बारेमा भने केही खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077