Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

फिफा महिला विश्वकप फुटबल आजदेखि

काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ आजबाट सुरु हुँदैछ ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।

न्युजिल्याण्डको इडेन पार्कमा हुने उद्घाटन खेलमा समूह 'ए' मा रहेको न्युजिल्याण्ड र नर्वे खेल्ने छन् । खेल नेपाली समयअनुसार अपराह्न ५ बजे सुरु हुनेछ ।

यस्तै आजै समूह बी मा रहेको अर्को आयोजक राष्ट्र अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच पनि प्रतिस्पर्धा हुने छ । यो खेल नेपाली समयअनुसार राति ८ बजे स्टेडियम अष्ट्रेलियामा हुनेछ ।

फिफा महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता आगामी २० अगस्टसम्म चल्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077