Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु गम्भीर विषय हो : शंकर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करीको विषय प्रतिनिधिसभा बैठकमा उठ्नुपर्ने बताएका छन् ।

राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद गरेपछि महासचिव पोखरेलले सामाजिक संञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरू नै सुन तस्करीमा नाम जोडिँदा समेत कारबाही नगरिएको गुनासो गरे।

महासचिव पोखरेलले भने, ‘दिनहुँ सुन तस्करीका समाचारहरू आइरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भइरहेको छ । केही दिन अघि इलेक्ट्रिक सिगरेटमा लुकाई ल्याएको सुनलाई मिलेमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो । हिजो त एयरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एक क्विन्टल सुन बाहिरिएको सुरक्षा निकायले समातेको समाचार छ ।’

उनले अगाडि एयरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय भएको बताए ।

महासचिव पोखरेलले सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरूको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077