Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुन बरामद प्रकरण : भन्सार जाँचपासका कर्मचारीलाई निलम्बन गर्ने तयारी

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करीको सुन जाँचपास गराइएको प्रकरणमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी भएको छ ।

भन्सार विभागले विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि छानबिन गर्न कर्मचारी निलम्बनको तयारी थालेको हो ।

विमानस्थलको भन्सार जाँचपासमा संलग्न व्यक्तिहरूलाई निलम्बन गरी छानबिन गर्ने तयारी गरेको विभागले जनाएको छ ।

राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन।

क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा हङकङबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको थियो । विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077