Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

फिफा महिला विश्वकप फुटबलको उद्घाटन खेलमा नर्वेमाथि न्युजिल्यान्डकाे विजयी सुरुवात

काठमाडौं । आजदेखि सुरु भएको महिला विश्वकप फुटबलमा आयोजक न्यूजील्याण्डले विजयी सुरुवात गरेको छ ।

अस्ट्रेलिया र न्यूजिल्याण्डमा संयुक्त रुपमा आयोजनामा न्यूजिल्याण्ड र नर्वेबीच भएको उद्घाटन खेलमा न्यूजिल्याण्ड १-० गोलले विजयी भएको हो ।

न्युजिल्यान्डका लागि खेलको ४८ औँ मिनेटमा हाना विलकिनसनले गोल गरिन् । यो जितसँगै समूह 'ए' मा रहेको न्युजिल्यान्डले ३ अकं जोडेको छ ।

यस्तै आजै समूह 'बी' मा रहेको अर्को आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्यान्ड खेल्ने छन् । सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुने यो खेल नेपाली समयअनुसार राति ८ बजे हुनेछ ।

३२ टोलीको सहभागिता रहेको फिफा महिला विश्वकप प्रतियोगिता आगामी २० अगस्टसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077