Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार सामान्य अंकले घट्यो, ३ अर्ब ५ कराेड रुपैयाँकाे काराेबार

काठमाडौं । आज (बिहिबार) नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से १.३१ अंकले घट्दा नेप्से इन्डेक्स २१६३.९२ विन्दुमा पुगेको हो ।

आज फाइनान्स, होटल, लगानी, बीमा, म्युचल फन्ड र अन्य समूहको शेयर घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ ।

२६४ धितोपत्र कम्पनीको चार लाख २४ हजार १० कित्ता सेयर तीन अर्ब पाँच करोड २४ लाख १० हजार ६५९ रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड २३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

नेप्से घटेपनि दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बिशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको सेयरमुल्यमा सर्किट लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077