Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चामल निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपालमा मूल्य बढ्ने अनुमान

काठमाडौं । भारतले धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने भन्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको छ ।

भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।

सो सूचना जारी हुनुअघि नै निर्यातका लागि लोड भइसकेको अवस्थाका हकमा भने सूचनाले बाधा नपुर्‍याउने महानिर्देशनालयको सूचनामा उल्लेख गरिएको छ ।

भारतले चामल निर्यातमा प्रतिबन्ध गरेपछि खाद्य आपूर्ति शृंखलामा अवरोध हुन गई यसले नेपाल लगायत मुलुकमा समेत मूल्य बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077