Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टीआरसी विधेयकमा छलफल गर्न बनाइएको उपसमितिको म्याद १५ दिन थप

    टीआरसी विधेयकमा छलफल गर्न बनाइएको उपसमितिको म्याद १५ दिन थप

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 429
    SHARES

    काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप विधेयकमाथि छलफल गर्न बनाइएको उपसमितिको समय थपिएको छ।

    समितिको आज बसेको बैठकले जेठ ५ गते २१ दिनको गठन भएको उक्त उपसमितिको समय १५ दिन थपेको हो।



    उपसमितिका जेष्ठ सदस्य ध्रुवबहादुर प्रधानका अनुसार उपसमितिले काम नसकेको भन्दै दुई साता समय थप गर्न माग गरेपछि सोही अनुरुप समितिले उपसमितिको म्याद थप गर्ने निर्णय गरेको हो ।



    उपसमितिले द्वन्द्वका पीडित पक्ष, आयोगका पूर्व पदाधिकारी, मानव अधिकार आयोग लगायतसँग छलफल गरी प्रतिवेदन तयार पार्नेछ।

    ११ सदस्यीय उपसमितिमा सुवासचन्द्र नेम्वाङ सहित सांसदहरु, महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रन्जु झा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर सदस्य छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार