Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र देउवा बालकोट जाँदै, टिआरसीका विषयमा छलफल हुने

    प्रधानमन्त्री प्रचण्ड र देउवा बालकोट जाँदै, टिआरसीका विषयमा छलफल हुने

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 567
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बालकोट जाँदै छन् ।

    संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टिआरसी)लाई छिटो टुंग्याउने विषयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न उनीहरू बालकोट जान लागेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार संसदमा विधेयक अगाडि बढाउनेबारे आज बिहान ९ बजे उनीहरुबीच ओली निवास बालकोटमा छलफल हुनेछ ।



    स्वास्थ्यमा समस्या देखिएपछि घरमै आराम गरिरहेका ओलीलाई बालकोट पुगेर ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैलै आह्वान बालकोटमा आइतबारका लागि बोलाएको बैठकमा गएका थिएनन्। प्रचण्ड नगएपछि एमाले असन्तुष्ट बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार