Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नयाँबानेश्वरमा सरकारविरुद्ध नाराबाजी, ११ जना पक्राउ

    नयाँबानेश्वरमा सरकारविरुद्ध नाराबाजी, ११ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 462
    SHARES

    काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा सरकारविरुद्ध नाराबाजी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    मंगलबार संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।



    नाराबाजी गर्दै निषेधित क्षेत्रलाई तोडेर अगाडि बढ्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच केहीबेर ठेलमठेल भएको थियो ।



    संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

    विधेयकमा पीडकलाई उन्मुक्ति दिने व्यवस्थासमेत राखिएको भन्दै त्यसलाई संशोधनको लागि सरकारलाई दबाब दिन द्वन्द्वपीडितहरुल काठमाडौें विभिन्‍न स्थानमा धर्ना दिँदै आएका छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार