Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टीआरसी विधेयक संसद्को आगामी अधिवेशनमा अघि बढाउन शीर्ष तीन दलका नेताहरू सहमत

    टीआरसी विधेयक संसद्को आगामी अधिवेशनमा अघि बढाउन शीर्ष तीन दलका नेताहरू सहमत

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 444
    SHARES

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन सोमबार बसेको तीन दलको बैठक सहमतिनजिक पुगेको छ ।

    केही दिनदेखि तीन नेताबीच छलफल भएपछि सोमबार अपरान्ह दोस्रो तहका नेताहरूसमेत राखेर भएको छलफल सहमतिनजिक पुगेको हो ।



    बैठकमा पीडितकेन्द्रित कानुन बनाउन सरकार तयार देखिएकाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन विषयमा सकारात्मक छलफल भएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।



    उनले पीडितले न्याय पाएको अनुभूति गर्नेगरी कानुन बनाउन शीर्ष नेताहरूबीच सहमति जुटेको बताए । नेताहरूबीच आउदो हिउँदे अधिवेशनमा टीआरसी विधेयक संसद्‌मा प्रस्तुत गर्ने पनि सहमति भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार