Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभा अन्तर्गतको कानून, न्याय र मानवअधिकार समिति बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । सांसद शर्माले विमानस्थलबाट भइरहेको सुन तस्करी रोक्न नसकेकोले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

शर्माले अर्थ मन्त्रालय मातहतको भन्सार र गृहमन्त्रालय अन्तर्गतको प्रहरी बिमानस्थलमा रहेको अवस्थामा सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

उनले यस प्रकरणमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै अनुसन्धानलाई सहयोग गर्न दुईमन्त्रीहरुले बाटो खुल्ला गर्नुपर्ने जिकिर गरे । प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै उनले प्रधानमन्त्रीले चालेको कदमलाई सहयोग गर्नुपर्ने बताए।

प्रतिनिधि सभाको बैठक नभएको बेला यस्ता विषयमा संसदीय समितिमा उठाउन जरुरी रहेको भन्दै देश लुट्न कुनै मन्त्रीलाई छुट नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077