Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष कार्कीसहित २५ जना एमालेमै फर्किए

    एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष कार्कीसहित २५ जना एमालेमै फर्किए

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 621
    SHARES

    पोखरा । नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका केही जिल्ला सदस्य नेकपा एमालेमा फर्किएका छन् ।

    नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार आयोजना गरेको पार्टी समाहित कार्यक्रममा अध्यक्ष कार्कीसहितका २५ जना नेता कार्यकर्ता एमालेमै फर्किएका हुन् ।



    पार्टीमा फर्किएका उनीहरुलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवंम् गण्डकी प्रदेशका ईन्चार्ज गोकर्ण विष्टले स्वागत गरेका हुन् ।



    वैशाखमा भएको उपनिर्वाचनमा नै एमालेमा फर्किने बताउँदै आएका जिल्ला अध्यक्ष कार्की अन्तिम समयमा एमाले फर्कने कार्यक्रम रोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार