Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेसलाई जबरजस्ती सत्रु बनाएर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिष्टहरुको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे ।

अध्यक्ष नेपालले भने,‘घुमिफिरि शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ। त्यसकारण अघि मैले भने व्यवहार सोचे जस्तो हुँदैन। सिद्धान्त सोचे जस्तो हुँदैन। नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ।’

उनले एमालेलाई लक्षित गर्दै कम्युनिष्ट भनिएकाहरुले पनि प्रतिगामीहरुसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरुले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति बढाउने कुरामा केन्द्रित हुनुपर्ने बताए ।

उनले राजनीतिक दलहरूको व्यवहार र सिद्धान्त सोचेजस्तो नहुने भन्दै अहिलेको धरातलमा टेकेर चल्नुपर्ने बताए।

अध्यक्ष नेपालले व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपासमेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए । उनले पुँजीवादले मुनाफामात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077