काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक पार्टी अध्यक्षको जिम्मेवारी दिइएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड आज युरोपेली देश इटाली भ्रमणमा निस्किएपछि यो अवधिका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो ।
श्रेष्ठले प्रचण्डको अनुपस्थितिमा कार्याबाहक अध्यक्षको रुपमा पार्टी सञ्चालन गर्ने छन् । प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज इटाली प्रस्थान गरेका छन् ।
इटाली भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ । यसैगरी कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी भने पूर्णबहादुर खड्कालाई दिइएको छ ।