Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या, पहिचान खुल्न बाँकी

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा गोली चलेको छ ।

धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा पारी शनिबार साँझ साढे ७ बजेको समयमा महिलाको गोली हानी हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अज्ञात व्यक्तिको समूहले ती महिलालाई गोली प्रहार गरी भारततर्फ नै भागेका छन् । ती महिला नेपाली हुन् कि भारतीय भन्ने खुलेको छैन् ।

भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको छ । नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077