Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपालले भने - खुद्रा पसल थापेर बसेका कम्युनिष्टहरुलाई एकताबद्ध गर्नुपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खुद्रा पसल थापेर बसेका कम्युनिष्टहरुलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् ।

आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताए।

अध्यक्ष नेपालले भने, ‘कमरेड वामदेव गौतमले कम्युनिष्ट पार्टी शक्तिलाई मिलाऊँ भनेर जोड दिनुभयो । सबै कम्यनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन् । त्यसका बाबजुद पनि हामीले हरेक खानु हुँदैन । उहाँको संकल्प, उहाँको भावना अत्यन्त राम्रो छ । जति शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्न सक्छौँ । त्यत्ति धेरै ऊर्जा पैदा गर्न सक्छ । जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ, कम्युनिष्ट आन्दोलनको एकता, एकताबद्ध बनाउनको निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ ।’

उनले कम्यनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए । उनले मिल्न सक्ने, सहकार्य गर्नसक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए ।

उनले कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने बताए । अध्यक्ष नेपालले कम्युनिष्टहरु जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077