Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पार्टीभित्र पदमात्र फेर्नु रूपान्तरण होइन : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले देश र जनताका लागि काम गर्नुपर्ने बताएका छन् ।

आइतबारको केन्द्रीय समितिमा धारणा राख्दै निधिले यस्तो बताएका हुन् ।

निधिले पार्टीभित्र रूपान्तरण आवश्यक रहेको बताए। तर रूपान्तरण नेतृत्वमा रहेकाहरूको अनुहार बदल्न मात्र सीमित हुन नहुने उनले बताए।

निधिले भने, ‘आजकल देश र पार्टीभित्र पनि रूपान्तरण बहस चलेको छ। तर अनुहार, पदमात्र फेर्नु रूपान्तरण होइन।’

साथै चुनावको तयारी अहिलेदेखि गर्नुपर्ने निधिको भनाइ छ। उनले प्रदेशलाई अधिकार दिइनुपर्ने बताए। बरू यसका लागि संविधान संशोधन र कानून परिमार्जन गर्नुपर्ने भए पनि गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077