Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, ६३ अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजारले मौद्रिक नीति २०८०/८१ लाई स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि आइतबार सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ ।

साताको पहिलो कारोबार दिन सबै उपसूचकहरु हरियो देखिए । सबैभन्दा धेरै बैक, विकास बैंक, व्यापार उपसूचकको मूल्य बढेको छ ।

नेप्से बढेसँगै आज कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ । आज ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार माथिको कारोबार भएको हो ।

शिवम् सिमेन्ट्सको आज १४ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ज्योति विकास बैंकको १३ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077