Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु, २३ घाइते

अछाम । अछाममाको पन्चदेवल नगरपालिका ४ कालिकास्थान भन्ने ठाउँमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सोही दुर्घटनामा परेर २३ जना घाइते भएका छन् ।

पन्चदेवल नगरपालिका ४ कै ६० वर्षीय जहरी कामीको शव लिएर घाटतर्फ जाँदै गर्दा भे १ त ६७५६ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी सोही ठाउँका २२ वर्षीय बृख बिकको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्रयाक्टर दुर्घटनामा घाइते भएका २३ मध्ये ४ को अवस्था गम्भिर रहेको छ भने १९ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077