Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

किशोरीमाथि यौन दुर्व्यवहार गर्ने नेकपा एसका वडाध्यक्ष पक्राउ

चितवन । किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेकपा एकीकृत समाजवादीका वडाअध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नम्बर २ नेकपा एसका वडाअध्यक्ष गणेश लामा रहेका छन् ।

लामाले स्थानीय १७ वर्षीया किशोरीमाथि एक वर्षयता लगातार यौनजन्य दुर्व्यवहार गर्दै आएको थाहा पाएपछि आफन्त तथा गाउँले मिलेर प्रहरीको जिम्मा लगाएका थिए।

किशोरीलाई आफ्नै कार्यालयमा बोलाएर यौन दुर्व्यवहार गर्दै आएका लामाले २०७९ मंसिरमा इन्स्टाग्राममा नाङ्गो तस्बिर हालिदिएर धम्क्याएको समेत खुल्न आएको हो ।

पटक पटक फेसबुक म्यासेजबाट समेत किशोरीलाई धम्क्याउने, अश्लिल फोटो भिडियो तथा म्यासेज पठाउन थालेपछि किशोरीले आफन्तलाई खबर गरेकी थिइन् ।

त्यसपछि उनीहरूले समातेर प्रहरीलाई खबर गरेका हुन् । लामा गत स्थानीय निर्वाचनमा गठबन्धनका तर्फबाट वडा सदस्यको समेत उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077