Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माग सम्बोधन नभएको भन्दै महाराजगन्ज चिकित्सा क्याम्पसमा स्ववियुले लगायो ताला

काठमाडौं । माग सम्बोधन नभएको भन्दै महाराजगञ्ज चिकित्सा क्याम्पस र जनस्वास्थ्य केन्द्रीय विभागको संयुक्त स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा तालाबन्दी गरेको छ।

विगत ४-५ महिनादेखि उठाइएका माग सम्बोधन नभएको भन्दै स्ववियुले क्याम्पस प्रमुख डा. अर्जुन लामिछानेको कार्यालय, क्याम्पस प्रशासन, आर्थिक शाखा, भण्डारण शाखा लगायत शैक्षिक शाखा बाहेक सम्पूर्ण क्याम्पसमा ताला लगाएको हो ।

विद्यार्थी युनियनले त्रिविबाट पटकपटक पत्राचार भएपनि क्याम्पसमा व्यवस्थापत समिति गठन नभएको, नीतिगत कार्यहरूमा स्ववियुलाई संलग्न नगराएको आन्दोलनरत् पक्षले जनाएको छ ।

अध्यक्ष आनन्दकुमार सिंह र सचिव विपना कँडेलद्वारा जारी विज्ञप्तिमा शुक्रबार बुझाइएको मागको सुनुवाइ नभएकाले स्ववियुले आन्दोलन सुरू गरेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077