Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिका पठाउने भन्दै ठगी धन्दा : करोडौं लिएर अन्य देशमा बन्धक !

काठमाडौं । नेपालीलाई अमेरिका पठाइदिने भन्दै अन्य देशमा लगेर बन्धक बनाउने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २७ घर भई हाल काठमाडौं महानगरपालिका ८ गुहेश्वरी पन्चकन्या मार्गमा डेराकोठा गरी बस्ने ३४ वर्षीय कमल तामाङ रहेका छन् ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले तामाङलाई काठमाडौंको गुहेश्वरी पन्चकन्या मार्गबाट पक्राउ गरेको हो । उनीविरुद्ध मानव बेचविखन अनुसन्धान ब्यूरोमा ४ वटा उजुरी परेका थिए।

उनीसहितका व्यक्तिले हवाई मार्ग हुँदै अमेरिका लैजाने प्रलोभन देखाएर ११ लाख ३० हजार देखि ६० लाख रुपैयाँसम्म रकम लिई हालसम्म २ करोड ९६ लाख २३ हजार ८ सय ९० रुपैयाँ ठगी गरेको खुलेको छ।

नेपालबाट अमेरिका लैजाने भनेपनि भारतको नयाँ दिल्ली, श्रीलंका, दुवई, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरुमा पु¥याई अलपत्र पारेर थप रकम माग गर्ने गरेको खुलेको छ।

यस्तो कार्यमा अन्य व्यक्तिको पनि संलग्नता रहेको र निजहरुको खोजतलास भइरहेको ब्यूरोले जनाएको छ । उनलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी ब्यूरोले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077