Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रभु साहलाई कारबाही गर्न माग गर्दै रौतहटमा प्रदर्शन

काठमाडौं । संघीय सांसद प्रभु साहलाई कारबाहीको माग गर्दै रौतहटमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा साहलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले गौर हत्याकाण्डको मुख्य दोषी साह भएको भन्दै कारबाहीको माग गरेका हुन् । १६ वर्षअघि भएको गौर हत्याकाण्डमा २७ जनाको मृत्यु भएको थियो ।

त्यस्तै २३ असार २०६८ मो कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्या, रौतहटका शिक्षक सुनिल यादव, पर्साका काशीनाथ तिवारी लगायतका हत्यामा पनि प्रभु साहको संलग्नता रहेको ६ दलीय मोर्चाको जिकिर छ ।

६ दलले साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077