कास्की । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले अनियमितताका फाइल खोल्नु उचित भएको बताएका छन् ।
प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।
एमाले सरकारका पालामा ललिता निवास प्रकरणको छानबिन सुरु भएको जिकिर गर्दै उनले एक हजार रोपनी जग्गा विभिन्न व्यक्तिले कब्जा गरी दर्ता गरेको जमिन सरकारीकरण भएको बताए ।
‘‘यो वा त्यो दल वा समूह नभनी सबै केसको छानबिन हुनुपर्छ,' उनले भने, 'चर्चामा आएका सबै केसको छानबिन होस्।’’ यस्तै उनले संघीयतापछि बनेका प्रदेशलाई बोझ वा अनावश्यक मान्न नहुने बताए ।