Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आम जनता पार्टीको चुनौती - प्रभु साहमाथि लगाइएको आरोप प्रमाणित गर्नू

काठमाडौँ । आम जनता पार्टीले पार्टी अध्यक्ष प्रभु साहमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ ।

मंगलबार साँझ पार्टी प्रवक्ता चन्द्र भुषण साहले विज्ञप्ति जारी गर्दै प्रभु साहलाई लगाइएको आरोप प्रमाणित गर्न ६ राजनीतिक दललाई चुनौती दिएका हुन् ।

पार्टी प्रवक्ता चन्द्र भुषण साहले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'सम्मानित सर्वोच्च अदालत सहित देशका तिनै तहको न्यायालयबाट न्याय निरूपण हुँदा कहीँकतै मा. प्रभु साहको नाम निशान समेत नआएको विषयमा पूर्वाग्रही भई कपोकल्पित, आधारहिन र झुटा आरोप लगाएर अदालतको मानहानि समेत हुनेगरी कुनै लोकप्रिय जनप्रतिनिधिको यसरी चरित्र हत्याको दुष्प्रयास गरिनु नितान्त खेद एवं घोर भर्त्सना योग्य विषय हो ।'

अध्यक्ष साह गौर हत्याकाण्डमा संलग्न रहेको भन्दै जसपासहित ६ दलले मंगलबार साहलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077