Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिनिधिसभा बैठक साउन १५ गते सम्मका लागि स्थगित

    प्रतिनिधिसभा बैठक साउन १५ गते सम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 456
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ ।

    बिहीबारको बैठकमा नेकपा (एमाले) ले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको हो ।



    १०० किलो सुन बरामद भएको विषयलाई लिएर संसद अवरुद्ध गर्ने आफ्नो पार्टीको निर्णयअनुसार एमाले सांसदले विरोध जनाएका हुन् ।



    बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिएका थिए । सुन तस्करी काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको भन्दै एमालेले उनको राजीनामा मागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार