काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले एमसीसी कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्ने लगायत विभिन्न निर्णय गरेको छ।
काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यालयमा ६ दिनसम्म चलेको केन्द्रीय सचिवालय बैठकले पाँच वटा निर्णय गरेको छ भने १० वटा प्रस्ताव पारित गरेको छ।
पत्रकार सम्मेलनमा निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसीका बारेमा निरन्तर जानकारी लिने प्रयोजनका लागि पार्टीका तर्फबाट समेत अनुगमन समिति बनाउने जानकारी दिए ।
त्यस्तै सो पार्टीको सचिवालय बैठकले समाजवादी मोर्चाका दलबीच मतभिन्नता भएपनि साझा बुँदामा सहमति जनाउने पनि निर्णय गरेको छ ।
सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठकको मिति समेत तोकेको छ । यससँगै सचिवालय बैठकले साउन १६ र १७ मा स्थायी कमिटी, साउन १८ र १९ मा पोलिटब्यूरो र साउन २० र २१ गते केन्द्रीय कमिटी बैठक काठमाडौंमा गर्ने पनि तय गरेको छ।
यस्तो छ नेकपा एस सचिवालय बैठकको निर्णय