Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले कुनै पनि माग राखी शारीरिक आक्रमण गर्ने वा मोसो दल्ने कुनै पनि पार्टी सदस्यलाई अविलम्ब सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।

बैठकको निर्णयमा भनिएको छ ‘जातीय विभेद, घरेलु हिंसा वा अन्य कुनै पनि सामाजिक विसंगतिहरूमा प्रमाणित एवं कुनै पनि प्रकृतिका मागहरू अघि सारेर आन्दोलन गर्ने व्यवहार अर्थात् शारीरिक आक्रमण, कालोमोसो दल्ने घटना आदि गर्ने पार्टीका सदस्य एवं भ्रातृ र शुभेच्छुक व्यक्तिको सदस्यता अविलम्ब खारेज गर्ने यो बैठक निर्णय गर्दछ ।’

गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकलाई बुधबार साँझ समापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077