Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बालकृष्ण खाँणबारे प्रवक्ता भन्छन् - आरोप प्रमाणित नभएसम्म दोषी हो भन्न मिल्दैन

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा प्रस्ट रहेको बताएका छन् ।

केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो बताएका हुन् । उनले सुशासन कांग्रेसको पहिलो प्राथमिकता रहेको बताए ।

उनले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाँणलाई कारबाही किन नगरेको भन्ने प्रश्नमा आरोप प्रमाणित नभएसम्म दोषी नहुने बताए ।

दोषी निर्दोष नहोस् भन्ने अडानमा पार्टी रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077