Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लघुवित्त पीडितहरुलाई गुनासो टिपाउन राष्ट्र बैंकको आग्रह

काठमाडौं । राष्ट्र बैंकले लघुवित्त पीडितलाई आफ्नो गुनासो टिपाउन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले लघुवित्तबाट ऋण लिएका ऋणीहरुलाई आफ्नो गुनासो टिपाउन आग्रह गरेको हो।

राष्ट्र बैंकले नियमबाहिर गई कुनै पनि लघुवित्त संस्थाले काम गरेको पाइए कारबाही गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

राष्ट्र बैंकले भनेको छ,‘लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत अन्य जुनसुकै गुनासो भएमा टोल फ्रि नम्बर १८१०५००००२२ मार्फत गुनासो दर्ता गर्न सकिनेछ।’

गुनासोडट् एनआरबी डट् ओआरजी डट् एनपीबाट पनि निवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

लघुवित्तबाट ऋण लिएकाहरुले केही दिनयता राजधानीमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

यसअघि लिएको ऋण मिनाहा गर्नुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्नेजस्ता माग राखेर उनीहरु विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077