Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अर्थ मन्त्रालयद्धारा लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

    अर्थ मन्त्रालयद्धारा लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 552
    SHARES

    काठमाडौं । अर्थ मन्त्रालयले लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालसँग वार्ता गर्न समिति गठन गरेको छ ।

    अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।



    अर्थ मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछन् ।



    सो समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिइएको छ।

    समितिले वार्ताका लागि सहजीकरण गरिदिन गृह मन्त्रालयलाई पत्राचार पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार