Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कञ्चनपुरमा कल बाइपास गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, कञ्चनपुर दोधार चाँदनी नगरपालिका-७ घर भएका ४० वर्षीय प्रविण खड्का र भिमदत्त नगरपालिका-१० जिमुवा घर भएका ४७ वर्षीय दिपक सिंह बोहरा रहेका छन् ।

उनीहरुलाई कल बाइपास गरिरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले महेन्द्रनगरबाट पक्राउ गरेको हो ।

कल बाइपास गरिरहेको स्थानबाट कम्प्युटर, नेपाल टेलिकमको ल्यान्ड लाइनफोन, मोबाइल, केवल र वाइफाइका राउटरहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई सोही गल्लीस्थित घरमा विगत ४ महिनादेखि कलबाइपास गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077