Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लघुवित्त पीडितसँग वार्ता गर्न भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन

    लघुवित्त पीडितसँग वार्ता गर्न भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 669
    SHARES

    काठमाडौं । लघुवित्त पिडितसँग छलफल गरी समाधानका लागि पहल गर्न अर्थ मन्त्रालयले वार्ता टोली बनाएको छ ।

    आन्दोनलरत ‘लघु वित्तीय संस्था विरुद्धको संघर्ष समिति’सँग वार्ता गर्न मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।



    वार्ता टोलीमा गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहेको अर्थ मन्त्रालयले जनाएको छ ।



    संघर्ष समितिको नाममा केही व्यक्तिहरुले संघर्षका कार्यक्रम घोषणा गरेको सन्दर्भमा आन्दोलनरत पक्षले उठाएका लघुवित्त वित्तिय संस्था सम्वन्धी मागका विषयमा छलफल एवं सम्वाद गरी समाधानका लागि पहल हुनेछ ।

    लघुवित्तले बढी ब्याज भएको भन्दै पिडितहरु माघदेखि आन्दोलन गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार