Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

करिश्मा र सरोज अभिनीत फिल्म ‘बगान’ प्रदर्शनको तेस्रो सातामा

काठमाडौं । आजदेखि नेपाली चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।

देशभरका हलमा एक सयभन्दा बढि शो सङ्ख्या प्रदर्शन भइरहेको चलचित्रलाई पहिलो सातामा हेरेका दर्शक तथा विशिष्ट व्यक्तिमार्फत प्राप्त प्रतिक्रियाले दर्शक बढाउन मद्दत गरेको छ ।

सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय छ।

अभिनेत्री कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् । फिल्ममा उनले निर्वाह गरेको पात्रले समाजमा सकारात्मक संदेश प्रवाह गरेको प्रतिक्रिया दर्शकले दिईरहेका छन् ।

निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छन्। फिल्ममा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र एकल महिलाको विवाहको प्रसंगलाई चित्रण गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077