Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारलाई महेश बस्नेतको प्रश्न - सय किलो सुन तस्करी सेटिङ हो कि,लापरवाही ?

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले अवैध सय किलो सुन प्रकरणमा सेटिङ हो कि लापरवाही भन्दै प्रश्न गरेका छन् ।

सामाजिक संञ्जालमा लेख्दै नेता बस्नेतले यो सेटिङ हो कि लापरवाही हो भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।

नेता बस्नेतले लेखेका छन्,'यो सेटिङ हो कि लापरवाही हो सरकार ? करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’ मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया हुन् । जसलाई राजस्व अनुसन्धान विभागले खोजिरहेको थियो । तर सुन बरामद भएको एक सातापछि मात्र बुधबार साँझ कमलपोखरीस्थित उनको घरमा राजस्वले छापा मार्यो तर उनी फेला परेनन । उनी मात्र होइन, सुन बरामद भएपछि उनका छोरा पनि भागेर दिल्ली पुगेको अुसन्धान स्रोतको दाबी छ। हङकङबाट गत मंगलबार नेपालमा सुन भित्राउने कार्यमा संलग्नता रहेको देखिए पनि बेलैमा खोजबिन नगर्दा यिनी फरार हुने अवस्था आएको । संल्गण यस्ता धेरै ब्यक्तिहरु फरार भएको हुन सक्छन !'

[insert page='237412' display='yopanipadhnuhos.php']

राजस्व अनुसन्धान विभागले अवैध सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’ मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया रहेको बताए ।

राजस्व अनुसन्धान विभागकोको निगरानीमा परिसकेपछि बेलैमा खोजबिन नगर्दा राकेश अडुकियाका छोरा रोहन अडुकिया भागेर नयाँदिल्लीमा पुगिसकेको उनले बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077