Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप छनोट तयारीका लागि नेपालको प्रारम्भिक टोली सार्वजनिक

काठमाडौं । विश्वकप फुटबल छनोटको तयारीमा रहेको नेपालले प्रारम्भिक टोलीमा तीन जना खेलाडी थपेको छ ।

फ्रेन्ड्स क्लबका मिडफिल्डरद्वय सन्तोष खत्री र कुशल फुयाल तथा जावलाखेलका स्ट्राइकर हिसब थपलियालाई समावेश गरेको हो । उनीहरू थपिएसँगै अब प्रारम्भिक टोलीमा ३३ सदस्यीय टोली बनेको छ।

नेपालको राष्ट्रिय फुटबल टोलीले विश्वकप र एसिया कप छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्नेछ। नेपाल र लाओसवीचको खेल होम एन्ड अवे गरी दुई खेल हुनेछ। जसमा पहिलो लेग अक्टोबर १२ तारिखमा हुनेछ भने दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ।

यस खेलमा नेपालले विजयी हासिल गरेमा दोस्रो चरणमा प्रवेश गर्नेछ। नेपाली टोलीले आगामी अगष्ट १ तारिखदेखि बन्द प्रशिक्षणको सुरुआत गर्ने जनाएको छ। प्रारम्भिक चरणमा छनोट भएका नेपाली टोलीको गोलकिपरमा किरण लिम्बु, अनिष देउला, दीप कार्की र अभिषेक बराल छन्।

त्यस्तै डिफेन्डरमा बिमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देबेन्द्र तामाङ, अशिष श्रेष्ठ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अन्जन राई छन्।

मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आभाष लामिछाने, उत्सव राई, बिशाल तामाङ, बिबेक पौडेल, कृतिश रत्न छुन्जु, सन्तोष खत्री र कुशल फुयाल छन् भने फरवार्डमा आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आषिश चौधरी, बिमल घर्तिमगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन र हिशुब थपलिया छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077