Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मिटरब्याजसम्बन्धी कानुन बनेपछि गृहमन्त्रीले दिए सबैलाई बधाई, भने – पिडीतलाई मुक्ति दिन्छौं

    मिटरब्याजसम्बन्धी कानुन बनेपछि गृहमन्त्रीले दिए सबैलाई बधाई, भने – पिडीतलाई मुक्ति दिन्छौं

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 573
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी विधेयक कानुन बनेकोमा सबैलाई बधाई दिएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत दुवै सदनबाट पारित भएको उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेसँगै शुक्रबारदेखि ऐन बनेको बताएका हुन् ।



    मिटरब्याजसम्बन्धी कानुन बनेसँगै मिटरब्याजको शोषणबाट पीडितलाई मुक्ति दिने अभियानलाई सफल पार्न यसले मूल आधार प्रदान गरेको उनले उल्लेख गरेका छन् ।



    “मिटरब्याजसम्बन्धी विधेयक दुवै सदनबाट पारित भई राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएपछि आजदेखि ऐन बनेको छ,” उनले भनेका छन्, “सामन्तवादको अवशेषको रुपमा रहेको मिटरब्याजको शोषणबाट पीडितलाई मुक्ति दिने अभियानलाई सफल पार्न यसले मूल आधार प्रदान गरेको छ । यो अभियानको लागि ऐन कोशेढुङ्गा बनेको छ । सबैलाई बधाई ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार