Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मिटरब्याज विधेयक पारित प्रक्रियामा उठ्यो प्रश्न

    मिटरब्याज विधेयक पारित प्रक्रियामा उठ्यो प्रश्न

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 573
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाले विधेयकको प्रकृति नै परिमार्जन गरेर पारितको सन्देश पठाएको भन्दै मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक (मिटरब्याज विधेयक) पारितको प्रक्रियामा राष्ट्रिय सभाले प्रश्न उठाएको छ ।

    तल्लो सदनले पारित गरेको विधेयकमा प्रश्न उठाएर सन्देश सुनाउने प्रव्रिmया माथिल्लो सदनले रोकेको पहिलो पटक हो । प्रतिस्थापन विधेयकलाई सामान्यसरह पारित गरिएको भन्दै सभाले बिहीबार सन्देश सुनाउने प्रव्रिmया रोकेको हो ।



    महान्यायाधिवक्तासँग कानुनी परामर्श लिएर मात्र थप प्रक्रिया अघि बढाउने सहमतिसमेत कार्यव्यवस्था परामर्श समितिमा भएको छ । सङ्घीय संसद् र समितिमा महान्यायाधिवक्ताले कानुनी राय दिन सक्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार कार्यव्यवस्था परामर्श समितिले महान्यायाधिवक्ता दीनमणि पोखरेलसँग छलफल गर्न लागेको हो ।



    बुधबारको कार्यव्यवस्थामा सत्तापक्ष र प्रतिपक्षको समेत फरक फरक मत भएको थियो । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विधेयकका विषयमा महान्यायाधिवक्ताको राय लिने निर्णय भएको बताए ।

    अर्यालले भने, “यही ७ गतेको बैठकमा महान्यायाधिवक्तासँग राय लिने सहमति भएको छ । कार्यव्यवस्था परामर्श समितिमै उहाँले आफ्नो धारणा राख्ने व्यवस्था मिलाइने छ ।” गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार