Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मिटरब्याजीका पौने तीन करोडका तमसुक च्यातियो, पीडितहरुका १२ बिघा जग्गा फिर्ता

सप्तरी । सप्तरीमा निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुङ्गो लगाइएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार सप्तरीमा केही दिनयता मिटरब्याजसम्बन्धी ८१ निवेदन फर्छ्योट भएका छन् ।

सप्तरी मिटरब्याजसम्बन्धी एक हजार पाँच सय ७९ निवेदन परेका छन् । निवेदनबारे जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

'अहिले दुई ठाउँमा राखेर छलफल भइरहेको छ, छिटोभन्दा छिटो मुद्दा टुङ्गियोस् भन्ने हाम्रो चाहना छ', उनले भने । थापाका अनुसार मिटरब्याज पीडितले दिएको निवेदनका आधारमा पीडित र पीडकलाई बोलाएर छलफल गर्ने गरिएको छ।

पीडित र पीडकको तर्फबाट एकरएकजना, जिल्ला प्रशासन कार्यालयका एकजना र जिल्ला प्रहरी कार्यालयका एकजना राखेर छलफल चलाइएको प्रजिअ थापाले बताए।

आवश्यक पर्दा मालपोत र नापी कार्यालयका कर्मचारीलाई पनि छलफलमा सहभागी गराइने गरेको उनले बताए। थापाका अनुसार अहिलेसम्म आठ सय तीन पटक छलफल भइसकेको छ। निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटा निवेदन फर्छ्योट हुँदा चार करोड ७६ लाख रुपैयाँ तिराइएको छ।

२ करोड ८८ लाख ४४ हजार बराबारका तमसुक च्यातिएको छ। १२ बिघा १२ कठ्ठा १६ धुर जग्गा पीडितलाई फिर्ता गरिएको प्रजिअ थापाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077