Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–६ कालीखोलामा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो।

यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो। पहिरोका कारण रोकिएका सवारी साधन पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन्।

यसअघि आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरोका कारण यस सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077