Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेन र उपमेयर सुनिताविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौं उपमहानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलविरुद्ध प्रदर्शन भएको छ ।

‘गरिबको चमेली बोल्दिने कोही छैन’ स्लोगनसिहत अभियान्ताहरुले राजधानीमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले काठमाडौं महानगरको ज्यादती अन्त्य गर्नुपर्ने र सबै पेसा व्यवसाय र मानिसहरूलाई समान व्यवहारको माग गर्दै मेयर तथा उपमेयरको कार्यालय अगाडी प्रदर्शन थिए ।

प्रदर्शनमा सहभागीहरूले ‘बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो ?’, ‘मानवता, सहानुभूति र जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो ?’, ‘गरिब होइन गरिबी हटाऊ !’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

लामबद्ध भएर उनीहरूले महानगरले ठेला र फुटपाथ व्यापारी माथि गर्दै आएको ज्यादती अन्त्य गर्न र उचित विकल्प दिन माग गरेका छन् । यसअघि उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका थिए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077