Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारत बिहारको सितामढी रामनगरका रामभजन मलिक डोमकी ५ वर्षीया छोरी अर्चना कुमारी छन् ।

महोत्तरीको सोनमा गाउँपालिका ५ खैरबनी आएका दुबै बालिकाको शनिबार पोखरीमा डुबेर मृत्यु भएको हो । आमाको साथमा मामा गाउँ आएकी अर्चना र चंचला शनिबार दिउँसो १ बजेदेखि ४ बज्जेसम्म सम्पर्कविहीन भएपछि खोजी सुरू गरिएको थियो ।

खोजतलासको क्रममा घरकै सामुन्ने रहेको रामविनय यादवको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077