चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई तत्काल काराबाही नगर्ने बताएका छन् ।
नेपाली कांग्रेस चितवनले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले थुनामा रहेका खाँणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका हुन् ।
नेता सिंहले भने, 'पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो । पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो ।'
उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पारे। उनले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाँणको विषयमासमेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताए।
कांग्रेस भ्रष्टाचारको संरक्षणमा नलाग्ने जिकिर गर्दै नेता सिंहले निष्पक्ष कानूनी राज्यको पक्षमा कांग्रेस रहेको बताए । आफ्ना पार्टीका नेतालाई पर्दा कानून लाग्नुहुँदैन भन्ने पक्षमा कांग्रेस नरहेको उनले बताए ।