Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकारले सुन तस्करीका मुख्य नाइकेलाई जोगाउन खोज्यो : प्रदीप ज्ञवाली

धनगढी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणको सरकारले इमान्दारीपूर्वक छानबिन नगरेको बताएका छन् ।

एमालेको सुदूरपश्चिम प्रदेशको स्कुल विभागले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

उपमहासचिव ज्ञवालीले भने,‘सुन तस्करी र भ्रष्टाचारका कुरालाई लिएर नाटक मञ्चन भइरहेको छ । टेबुल सफा गर्न सबभन्दा हात सफा हुनुपर्छ । २२ पटक सुन तस्करी गरेपछि २३ औँ पटक कुनै कुरा नमिलेपछि समातिएको रहेछ ।’

उपमहासचिव ज्ञवालीले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रचारबाजीमा मात्र नलाग्न आग्रह गरे ।

उनले गृहमन्त्रालय मातहतकै सुरक्षा निकायको बलियो उपस्थिति हुने विमानस्थलबाट यसअघि कसरी सुन तस्करी भयो भनी प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077