Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपा अध्यक्ष यादवको प्रश्न - शिक्षा क्षेत्र नै ध्वस्त भए मुलुकको हालत कस्तो होला ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्ने बताएका छन् ।

आइतबार समाजवादी विद्यार्थी मोर्चाले ललितपुरमा आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि सबैभन्दा बढी ध्वस्त शिक्षा क्षेत्र भएकाले शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने बताए।

उनले शिक्षा क्षेत्र विकासको प्रमुख आधार हुने भएपनि त्यो क्षेत्र नै ध्वस्त भएपछि मुलुकको हालत कस्तो होला भनेर अनुमान गर्न सकिने बताए ।

अध्यक्ष यादवले त्रिभुवन युनिभर्सिटीदेखि सरकारले चलाएका क्याम्पस र विद्यालय हालत हेरे नै सबै कुरा प्रस्ट हुने बताए ।

साथै उनले शिक्षामा आमूल परिवर्तन र सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077