Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’, यस्ता छन् सुविधा

    एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’, यस्ता छन् सुविधा

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 744
    SHARES

    काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल आजियाटा लिमिटेडले ‘बिन्दास डेटा प्याक’ सार्वजनिक गरेको छ ।

    एनसेल आजियाटा लिजिटेडले जुनसुकै समय र जुनसुकै ठाउँमा सेवाको फाइदालिन सकिने आकर्षक ‘बिन्दास डेटा प्याक’ संचालनमा ल्याएको हो ।



    एनसेल आजियाटा लिजिटेडका ग्राहकहरुले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डेटाबाट फाईदा लिन सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डेटा प्याक’ ल्याएको हो ।



    एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित रु ७५ मा यो प्याक लिन सक्ने छन् । प्याकको समयावधि ३ दिनको रहने छ । ग्राहकहरूले कुनै डेटा भोल्युम सीमा बिना ३ दिनसम्म कूल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउँछन् ।

    ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स७एष्ट्रिक्स३ह्यास डायल गरि सजिलै यो प्याकलिन सकिन्छ । एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिने एनसेल आजियाटा लिमिटेडले जनाएको छ ।

    सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि यो बिन्दस डेटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ । कम्पनीले सार्वजनिक गरेको बिन्दस भ्वाइस प्याकमा ग्राहकहरूले कर सहित मात्र रु २५ मा १२ घण्टा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्ने छन् ।

    आफ्ना ग्राहकलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिवद्धताअनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरु ल्याइएको एनसेलले जनाएको छ । अल–नेट होस् वा अन–नेट, जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार