Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनसेलको ‘अलवेज अन डेटा’, सोसल मिडिया प्याकमा अब इन्स्टाग्राम पनि

    एनसेलको ‘अलवेज अन डेटा’, सोसल मिडिया प्याकमा अब इन्स्टाग्राम पनि

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ । यो प्याक संचालनमा आएसँगै अब एनसेलका ग्राहकले कर सहित मात्र रु १०० मा आफु जहाँ भएपनि लामो समयासीमा सहित मोबाइल डेटाको फाइदा लिन सक्छन् ।

    यो डेटा प्याकमा ग्राहकले १ जीबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ । ग्राहकहरूले एष्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त जानकारी अनुसार यो प्याक सुचारु गर्न सक्ने एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    त्यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ । ग्राहकले अब कर सहित मात्र रु १९१ मा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन् । ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स६ह्यास डायल गरेर यो प्याक लिन सक्छन् ।



    त्यस्तै, कर सहित रु. ४५९ मा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १.५ जीबी डेटा लिन सक्छन् । यस बाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन् । २८ दिनको समयसीमा रहेको यो प्याक एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स७ह्यास डायल गरेर लिन सकिन्छ ।

    विज्ञप्तिमा भनिएको छ–‘अलवेज अन डेटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रहि सधैैं सम्पर्कमा बसि रहन ठूलो भूमिका खेल्ने एनसेलले बताएको छ ।’

    एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५ देखि यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

    सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ ।

    एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

    एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार